लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके– लागूऔषध मुद्दाका फरार प्रतिवादी राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्रोत: नेपाल प्रहरी
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


