
अपगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपालि काठमाडाैँमा
चितवन अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपालि काठमाडाैँ आइपुगेका छन् ।
अमेरिकि चार्टर बिहानमा उनिहरु मंगलबार। बिहान १०: १५ बजे त्रिभुवन विमानस्थल आइपुगेकाे नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रिले जानकारि दिए ।
अमेरिकि दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३८५ नेपालिलाइ अमेरिकाले त्यहाँबाट उद्धार गरि कतारकाे दाेहा पुर्याएकाेमा १२७ जना नेपाल आइपुगेका हुन ।
नेपाल फर्कन २ हजार हाराहारि नेपालि उद्धारकाे पर्खाइमा रहेकाे बताइरहँदा सरकारिस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालिले मात्रै स्वदेश फिर्तिका लागि आफ्नाे विवरण टिपाएकाे पररास्ट्र मन्त्रालयले जनाएकाे छ ।
कन्सुलर सेवा विभागकाे वेबपाेर्टलमा अाइतबार बेलुकासम्म १ सय ३४ जना नेपालिले आफ्नाे विवरण दर्ता गरेकाे पररास्ट्र मन्त्रालयले जनाएकाे छ । उनिहरुलाइ एक/ दुइ दिनै स्वदेश फर्काउने तयारि छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


