रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ
काठमाडौं, रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका-१३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।
काठमाडौं महानगरपालिका-८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]