ओली र नेपाल समूहको वार्ता २८ फागुनको निर्णयमा अड्कियो

२ चैत, काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल- माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ । विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु […]

यो पनि पढ्नुहोस

विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड

२ चैत, विराटनगर । विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड गरिएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बरौनीबाट ल्याएको पेट्रोल डिलरहरुमा अनलोड गरी तस्करीका लागि डिजेल लोड गरेको अवस्थामा को१ख ५९१२ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार आयल निगमका कर्मचारीले लक लगाउने क्रममा इन्धन भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुईजनालाई […]

यो पनि पढ्नुहोस

‘बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ’

१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् । आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा नगर प्रमुख सरावगीले विशेषगरी सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले […]

यो पनि पढ्नुहोस

फास्ट ट्रयाकको दोस्रो चरणको ठेक्का प्रक्रियाबारे लेखा समितिले अध्ययन गर्ने

१ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत फेज टु अर्थात् दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले दोस्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो । दोश्रो चरणको […]

यो पनि पढ्नुहोस

आठ महिनामा विकास खर्च २२.५८ प्रतिशत मात्रै

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आठौं महिना (साउन-फागुन) पुरा हुँदा पनि सरकारले पुँजीगत (विकास) खर्चको रफ्तार भने बढाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आठौं महिनाको अन्त्यसम्म विनियोजनको २२.५८ प्रतिशत मात्र विकास खर्च भएको छ । यो वर्ष पनि असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना […]

यो पनि पढ्नुहोस

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

२८ फागुन, डोटी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न […]

यो पनि पढ्नुहोस

जसपा संसदीय दलको बैठक सुरु

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताए । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता […]

यो पनि पढ्नुहोस

काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट […]

यो पनि पढ्नुहोस

पेरिसडाँडाबाट विदा भए गंगालाल तुलाधर

२५ फागुन, काठमाडौं । पेरिसडाँडास्थित पार्टी कार्यालयबाट एमाले नेता डाक्टर गंगालाल तुलाधर बिदा भएका छन् । अर्का कार्यालय सचिव श्रीराम ढकाल र कर्मचारीहरुले उनलाई मंगलबार बिहान बिदाइ गरेका हुन् । तुलाधर एमाले नेता माधव नेपाल निकट मानिन्छन् । उनले करिब तीन महिना कार्यालय सचिवको रुपमा पेरिसडाँडास्थित तत्कालीन नेकपाको कार्यालयमा काम गरेका थिए । नेकपाको एकता […]

यो पनि पढ्नुहोस

सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना, कम्तिमा १२ जना घाइते

२५ फागुन, सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका-८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो । सगरमाथा डेरीको पर्खालमा ठोक्किएर […]

यो पनि पढ्नुहोस