अप्राकृतिक मैथुनपछि ५ वर्षीय बालकको हत्या

१७ असोज, जनकपुरधाम । धनुषाका एक बालकको अप्राकृतिक मैथुनपछि हत्या भएको खुलेको छ ।

बिहीबारदेखि हराएका धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसनपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेशको शव शुक्रबार कृषि इँट्टा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोमा पात पतिङ्गरले छोपिएको अवस्थामा भेटिएको थियो ।

परिवारका सदस्यले शव घर लगेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठायो भने २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गर्‍यो ।

उनले आफ्नो अपराध स्वीकार गरेका छन् । सदाले बालकको मलद्वारमा अप्राकृतिक मैथुन गरेर हत्या गरेको स्वीकार गरेको नुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उनले दिएको बयानअनुसार रुपेशलाई विस्कुट र चकलेटको प्रलोभन देखाएर माछा मार्न पोखरीतिर लगेका थिए । त्यही क्रममा बालकको मलद्धारमा अप्राकृतिक मैथुन गरे । बालकले त्यसको प्रतिकार गर्दै अरुलाई भनिदिने बताएपछि कन्दनीले घाँटी कसेर हत्या गरेको बयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु