
५ सय करोड रूपैयाँमा बन्ने ‘ब्रह्मास्त्र’ अहिलेसम्मकै महँगो भारतीय फिल्म!
(एजेन्सी) मुम्बई, बलिउड निर्देशक आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ करिब पाँच सय करोड रूपैयाँ बढी लगानीमा निर्माण हुँदैछ। बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बन्ने भएको हो। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ।
‘स्टार एन्ड डिज्नी इन्डिया’ का अध्यक्ष उदय शंकरले हिन्दुस्तान टाइम्स लिडरसिप समिट २०२० मा यसबारे जानकारी दिएका हुन्।
‘भारतमा अहिलेसम्मकै सबभन्दा बढी लगानी भएको फिल्म हो यो। यो भारू तीन सय करोड भन्दा बढी लागतमा निर्माण हुँदैछ,’ शंकरका उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ।
यसबारे थप कुरा भने शंकरले खुलाउन नचाहेको पनि बलिउड हंगामाले जनाएको छ।
‘ब्रह्मास्त्र जस्तो फिल्मको वास्तविक अनुभूति लिन फिल्म हलकै प्रतीक्षा गर्नुपर्ने हुन्छ,’ उनले थप भनेका छन्। फिल्म कुनै पनि डिजिटल प्लेटफर्मबाट नभई हलबाटै सार्वजनिक हुने भनिएको छ।
निर्माता करण जोहर रहेको ‘ब्रह्मास्त्र’ ट्रिलोजी फिल्म हो। यसमा अमिताभ बच्चन, रणवीर कपुर र आलिया भट्टको मुख्य अभिनय छ। फिल्ममा नागर्जुन अखिनेनी, डिम्पल कपाडिया र मोनी रोय पनि देखिनेछन्।

सन् २०१८ जनवरीदेखि छायांकन सुरू भएको यो फिल्म गत वर्ष अगस्टमै सार्वजनिक हुने भनिएको थियो। यो मिति सरेर पछि डिसेम्बरमा सार्वजनिक हुने भनियो। त्यो बेला पनि फिल्म रिलिज हुन सकेन।
पछि ब्रह्मास्त्र सन् २०२० मध्यतिर सार्वजनिक हुने भनिएको थियो। कोरोनाका कारण त्यो पनि सम्भव नभएपछि अन्ततः फिल्म २०२०, डिसेम्बरमा सार्वजनिक हुने भनिएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]