नाडालले २० औं पटक जिते ग्राण्डस्लाम

२६ असोज, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए ।

योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात पारे । यो नाडालको २० औं ग्राण्डस्लाम उपाधि हो । यसको साथै नाडालले रोजर फेडेररसँग बराबरीसमेत गरे ।

म्याच जितेपछि नाडाल घुँटा टेकेर बसे र हात उठाए जितको खुसी मनाएका थिए । उपाधि जितेपछि नाडालले भने, ‘हामी दुई जना धेरै पटक प्रतिस्पर्धामा उत्रिएका छौं । एक दिन एउटाले र अर्को दिन अर्कोले जित्छ । आज मेरो दिन थियो । यो खेलको एक हिस्सा हो ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु