लुकाकुको १००औं खेलमा ६७औं गोल

काठमाडौं । रोमेलु लुकाकले आइतबार राति बेल्जियमका लागि एक सयौं खेल खेल्दै गोल गरेका छन् । विश्वकप छनोटअन्तर्गत बेल्जियमले चेक रिपब्लिकलाई ३-० ले पराजित गर्दा एक गोल गरे । उनले बेल्जियमका लागि एक सयौं खेल खेल्दा ६७औं गोल गरेका हुन् । चेल्सीका २८ वर्षीय स्ट्राईकरले हान्स भानाकेनको पासमा सुरुआती गोल गर्दै अग्रता दिलाएका थिए । […]

यो पनि पढ्नुहोस

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

२३ भदौ, काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् […]

यो पनि पढ्नुहोस

आज दर खाने दिन

२३ भदौ, काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको […]

यो पनि पढ्नुहोस

सत्तारुढ माओवादी निकट अखिल क्रान्तिकारीले दियो सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

२३ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै उनले भने, […]

यो पनि पढ्नुहोस

टिमबिनै देउवाको दौड

१६ मन्त्रालयको नेतृत्व गरेका देउवा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पनि जाँदैनन्, मन्त्रालयका फाइल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुर्‍याइन्छ। सत्ता गठबन्धनका दलहरुको बाध्यता वा अन्य जेसुकै कारणले मन्त्रिपरिषद्ले पूर्णता नपाए पनि सरकारको नेतृत्व गरेको हैसियतले प्रधानमन्त्री देउवाले असफलताको भागीदार हुनुपर्छ । – हरि शर्मा, राजनीतिशास्त्री काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया आफूलाई […]

यो पनि पढ्नुहोस

चिनी मौज्दात छैन, सरकारले कसरी देला छुट ?

मौज्दातले एक महिनालाई पनि पुग्दैन चाडबाडमा मासिक खपत ३० हजार टन साल्टसँग २५० र उद्योगीसँग ६५०० टन मौज्दात सहुलियत दरमा चिनी आयात गर्नेसम्बन्धी फाइल आठ महिनादेखि अर्थ मन्त्रालयमा काठमाडौँ — घटस्थापना आउन पुगनपुग एक महिना बाँकी छ । चाडबाडलाई लक्ष्य गर्दै सरकारले असोज १ देखि विभिन्न ठाउँमा सहुलियत पसल चलाउने निर्णय गरिसकेको छ । विगतका वर्षझैं यसपालि पनि […]

यो पनि पढ्नुहोस

तुइन प्रकरण र ब्यारेकमाथि हेलिकप्टर उडाएको विषयमा भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौँ । सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरुपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई दुईवटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ पठाएको छ । दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रबार र आइतबार छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो । “तुइन घटनाबारे नेपाल सरकारलाई […]

यो पनि पढ्नुहोस

एकै परिवारका छ जनाको हत्या प्रकरणको सिआइबीले अनुसन्धान गर्ने

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटाइएको हो । “टोली सङ्खुवासभा पुगिसकेको छ, विकट क्षेत्रमा घटना घटेकाले घटनास्थल पुग्न केही समय लाग्छ”, […]

यो पनि पढ्नुहोस

४० जना निजामती कर्मचारी पुरस्कृत हुँदा चितवन शून्य !

भरतपुर । निजामती कर्मचारी दिवसको अवसर पारेर यसवर्ष सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्दा चितवन जिल्लामा कार्यरत एक जना कर्मचारी पनि परेका छैनन् । मन्त्रिपरिषद्को बैठकले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा १५ सयको हाराहारीमा […]

यो पनि पढ्नुहोस

त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन

२० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार […]

यो पनि पढ्नुहोस