
बलात्कारमा मिलापत्र गराउनेलाई पनि कारबाही गर्न सरकारले ल्यायो अध्यादेश

काठमाडौं,मंसिर ७– बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।
सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ।
यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था छ।
स्रोतका अनुसार त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



