जनजाति महासंघ अमेरिकाको रक्तदान सम्पन्न

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को १६औं स्थापना दिवसको अवसरमा महासंघद्धारा न्युयोर्कमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।


गत नोभेम्बर २८, २०२१ मा सम्पन्न उक्त रक्तदान कार्यक्रममा गैर नेपाली अमेरिकन समुदायका सहित ६४ जनाले सहभागी भई रक्तदान गरेका थिए। महासंघका अध्यक्ष लोक चेम्जोङले कार्यक्रम सोचेभन्दा निकै भव्य रुपमा सम्पन्न भएको बताउदै सम्पूर्ण रक्तदाता, स्वयमसेवक, प्रायोजक, संचारकर्मी र शुभचिन्तकहरुप्रति आभार तथा धन्यवाद प्रकट गर्नुभयो । उक्त कार्यक्रमका प्रायोजकहरुमध्येकै अधिकांशले रक्तदान समेत गरेको र सो कार्यक्रममा स्वतस्फूर्त रुपमा सहभागी भई रक्तदान गर्ने गैर नेपाली अमेरिकी समुदायका रक्तदाताहरुमा अध्यक्ष चेम्जोङले बिशेष धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को १६औं स्थापना दिवसको अवसरमा महासंघद्धारा आयोजित रक्तदान कार्यक्रमका केही झलकहरु


फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्