
त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन
२० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।
२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


