
दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
३ जेठ, दैलेख । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।
मेयरमा एमालेका लोमन शर्मा ५४३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मलाकुमारी खड्का थापाले ५३५७ मत ल्याइन्।
उपमेयरमा पनि एमालेकै तप्तकुमारी खड्का ५६७३ मतका साथ विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी सावित्री मल्लले ३८३८ मत ल्याइन् ।
नारायण नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


