
पेट्रोलियम पदार्थको गुणस्तरमा निगमलाई दोष लगाउन नमिल्ने: कार्यकारी निर्देशक पौडेल
काठमाडौँ, पुस १९-
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ ।
आईतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताउनु भयो । उहाँले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको बताउनु भयो । कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताउनु भयो । उहाँले अहिले सिनामंगलमा सेन्ट्रल ल्याब रहेकोले उक्त ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेको र सिनामंगलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको दाबी गर्नुभयो ।
कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो । घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो । त्यसो भएको हुनाले निगमले धेरै समाचार दिने भन्दा पनि हामी समाचार नै नआओस् भन्ने चाहन्छौँ । क्वालिटीको इस्यू अब एउटा मात्रै हामीकहाँ के छ भने इण्डियाबाट आएको पेट्रोलको हकमा त्यहाँ धेरै वटा बिसाउने बाटाहरु हुन्छन्, नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि हामीले बजारमा पछिल्लो सुक्ष्म अध्ययन गर्दा वाणिज्य विभागसँग मिलेर के पनि हे¥यौं भने एक पटक १९ वटा ट्यांकर इण्डस्ट्रियलको तेल हेर्न खोलिने अवस्था थियो । अहिलेसम्म वाणिज्य विभागको नेतृत्वमा हामीकहाँ गुणस्तरीय तेल नै ल्याएका छौँ । हामीकहाँ क्वालिटीको इस्यूमा सूचनाहरु आउँछन्, हामीले टेस्ट पनि गर्छौं, अहिले सिनामंगलको सेन्ट्रल ल्याब छ, त्यो ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेका छौँ । हाम्रो ल्याब उच्च गुणस्तरको पनि छ र हामीसँग यस्तो क्वालिटीको ल्याब अन्त छैन ।’
कार्यकारी निर्देशक पौडेलले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताउनुभयो । उहाँले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढीसकेको बताउनु भयो ।
कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘अहिले हामीले धेरै कुरामा अघि बढ्छु भन्दा पनि स्टे बाई स्टे ग्याजुएल एक्सपेन्सनमै जाउँ हामी भनेर हाम्रो पाइपलाइनको एक्सटेन्सनको विषय बोर्डको लेभलबाट अघि बढीसकेर मन्त्रालयको लेभलमा छ । झापाको पाइपलाइनमा हामी मोडालिटीको फाइनलको कुरामा छौँ । दुई देशीय पाइपलाइन भएको हुनाले उनीहरुले भारततर्फबाट गर्नुपर्ने लगानीको प्रतिफल के हुने ? के मोडालिटीमा गर्ने भन्नेमा नै छलफल भइरहेको छ । अमलेखगञ्जको स्टेशनको विषयमा त हामी धेरै अघि बढीसकेका छौँ । हाम्रो लगात कति, के, कसरी जाने ?, कम्प्लिट सर्वे डिटल स्टडी भइसकेको छ ।’
कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनु भयो । उहाँले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । अध्यक्ष भट्टराईले पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरुमा पनि ठूलो असर पर्ने बताउनु भयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘आयलनिगम पनि मुलरुपमा नाफा कमाउन स्थापित संस्था हुँदै होइन । पब्लिक पपर्स, पब्लिक अनरशीप, पब्लिक एकाउण्टाबिलिटीसहितको संस्था हो । यस्ता संस्थाहरुमा खास गरेर प्रशासित मूल्य एडमिस्टर प्राइसिङ, हामीले प्राक्टिस ग¥यौं । २०७० सालपछि अटोमेटिक प्राइसिङ सिस्टम भनेर हामीले इन्टरड्यूस गर्न चाह्यौँ । थोरै इन्टरड्यूस भएको छ, कार्यान्वयन भएको छ । धेरैजसो समय यो कार्यान्वयन गर्न सकेको छैन । त्यो के कारण होला, जसले अटोमेटिक प्राइसिङ फुल एग्रिमेण्ट गर्न सकिएन ? यसको मूल्य घट्दा वा बढ्दा यसले अर्थतन्त्रका अरु आयामहरुमा ठूलो असर पार्छ ।’
सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गर्नुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



