गुन्द्रुक चखाउँदै, आमा सम्झँदै, सन्तोष पुगे बीबीसी मास्टरसेफ प्रोफेसनलको अन्तिम प्रतिस्पर्धामा

सेफ सन्तोष शाह     फोटो स्रोत: www.chefsantoshshah.com

 

काठमाडौं– कसैको सम्झनामा खाना बनाउनु पर्ने थियो। सन्तोषले चुने आफ्नी आमा। कार्यक्रमका प्रस्तोताले प्रश्न गरे, ‘किन?’ सन्तोष भावुक हुँदै बुझाउन खोज्छन्, ‘म बार्‍ह बर्षको हुँदा खोला किनारमा नहर खन्ने काम गर्थें, मेरी आमा हरेक दिन ‘टिफीन बक्समा’ केही खाना लिएर आउनु हुन्थ्यो। त्यही दिनको सम्झनामा आज केही परिकार बनाउँदै छु।’ उनको संघर्षको कथा सुनेर निर्णायक मण्डल चकित बन्यो भने दर्शकहरुको मन भक्कानियो।

सन्तोषको प्लेट सजावट हेरेर पहिलो निर्णायक प्रस्तोताले भनिन, ‘वाह! क्या प्रस्तुती!’ उनले आफ्नो पाककलामा समग्र मधेश, तराई, हिमाल, पहाडको परिदृष्‍य समेटेका थिए भने बाल्यकालको संघर्ष, आमाको त्याग र आफ्नो सपना पस्केका थिए। अदुवा र ‘फीग’ भरिएको रामतोरियाँको साथमा आँप र नरिवलको अचार खाँदै प्रस्तोताले भनिन्, ‘ मलाई रामतोरियाँ मन पर्दैन तर अब सन्तोषको खानाले उनको मन बदलिएको छ।’

सन्तोषको ‘टिफीन बक्समा’ आलु मेथी र अनारको सलाद, चामलको पत्रमा बेरिएको केसर मिसिएको भात, परम्परागत पूरीको साथमा समुन्द्री खानाको तरकारी, तारेको हरियो खुर्सानी, ऐसेलु साथमा गाँजर र चकलेटको हलुवा अनि पानको पत्तामा आईसक्रिम रहेको थियो।

उनको यस उत्कृष्ट पाकवानकलालाई सम्मान गर्दै अर्का निर्णायकले भने, ‘तिम्रो खाना पकाउने कलामा तिमीले सम्मान गरेका ब्यक्तिप्रतिको प्रेम र लगनशिलता स्पष्ट झल्किन्छ। आज तिम्री आमा यहाँ भएकी भए भावपूर्ण अंगालोमा बाधिने थिइन।‘ यस्तो प्रतिक्रिया पाउँदा सन्तोषका आँखा रसाएका थिए।

यसभन्दा अगाडि उनले जिम्बूको मसलामा मोलेको मासुलाई रायोको सागमा बेरेर ‘मेन कोर्स’ खाना तयार पारेका थिए। यसमा सन्तोषले गुन्द्रुक र भटमासको सलाद समेत पस्केका थिए। खानाको प्रतिक्रियामा बसेका बेलायतका आधा-दर्जन होनहार सेफहरुले उच्चतम मुल्याङ्कन गरे। आजसम्म कतै नचाखेको खाना खुवाएकोमा सन्तोषको मुक्तकण्ठले प्रशंसा भयो ।

नेपाली परिकारको पश्चिमेली स्वादसँग यो असाधारण समागम हो जसलाई उपस्थित पाहुनाहरुले स्वीकार्नु एक प्रकारको प्रामाणिकरण मान्न सकिन्छ। उपस्थित पाहुनामा एकजनाले भनिन्,’ यो गुन्द्रुक असाध्यै मीठो हुँदो रहेछ।’

Sagoon Host

बीबीसी मास्टरसेफ प्रोफेसनल २०२० को अन्तिम प्रतिस्पर्धा आज बिहीवार हुँदैछ। सविना कार्कीको फेसबूकवाल बाट साभार

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु