
सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
४ जेठ, सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
३ हजार २११ मत ल्याएर जवाहरलाल यादव गाउँपालिका अध्यक्षमा र २ हजार ९४९ मत ल्याएर उषा देवी उपाध्यक्षमा विजयी भएका हुन् । उनीहरु दुवै जना २०७४ को स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।
अध्यक्षमा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विजय कुमार यादवले ३ हजार ८० मत प्राप्त गरे । उनी अध्यक्ष निर्वाचित कांग्रेसका जवाहरलाल यादवसँग १३१ मतान्तरले पछि परे ।
यस्तै, उपाध्यक्षमा पराजित जनता समाजवादी पार्टीकै सुनिता देवी जयसवालले २ हजार ४७० मत पाएकी छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]