
धनुषाको धनौजीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो
३ जेठ, धनुषा । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित साहले २ हजार २६२ मत ल्याउँदा लोसपाका जीवेन्द्र झाले २ हजार १६३ मत प्राप्त गरी दोस्रो भए ।
उपाध्यक्षमा निर्वाचित मण्डलले २ हजार ४३० मत ल्याउँदा लोकतान्त्तिक समाजवादी पार्टीकी रंजितादेवी मण्डलले १ हजार ९०१ मत ल्याइन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


