
नुवाकोटको सूर्यगढीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
३ जेठ, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङ र उपाध्यक्षमा मञ्जु बुढाथोकी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित तामाङले ३ हजार ७५९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित बुढाथोकीले ३ हजार २०३ मत ल्याउँदा नेकपा एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत ल्याइन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


