पुनर्वासमा दोदा नदीको बाढीले ५९ घर डुबानमा २०६५ साल पछीको दोश्रो ठुलो बाढी

कञ्चनपुर, ११ भाद्र ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा एका विहानै आएको बाढीले ५९ घर डुबान गरेको छ। 

पुनर्वास-५ सिमारी गाउँमा दोदा नदीको बहाव बढे पछी गाउँमा पानी पसेर सिमारीका ५५ घरहरु र राता खाली गाउँका ४ घरहरू डुबानमा परेका हुन्।

गत राती देखि सुदूरपश्चिमकाे पहाडी क्षेत्रमा अविरल वर्षा भएपछी अहिले सुदूरका नदीहरूमा बहाव बढेर बाढी आईरहेको छ। 

Sagoon Host

पुनर्वासमा यो वि.स.२०६५ साल पछीको दोश्रो ठुलो बाढी भएको स्थानीय वासिन्दाहरुको भनाई छ। 

नगर प्रमुख जीवन राज थापाले डुबान क्षेत्रको अनुगमन गरी पीडित स्थानीयसँग भेट्घाट गरेका छन्। नगर प्रमुख थापाले डुबानबाट पीडितहरुलाई धैर्य गर्न अनुरोध गर्दै पालिकाले यथासंभव सहयोग गर्ने बताएका छन् ।

20% OFF SAGOON

बाढीले डुबानमा परेका पीडितहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सँगसंगै, रेडक्रस र स्थानीय युवाहरुले उद्धर गरेको छ। मानवीय क्षति नभएको र सबै पीडितलाई सुरक्षित स्थानमा राखिएको ईलाका प्रहरी कार्यालय त्रिभूवनवस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताउनु भयो। 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु