नेपाल आइडल हुँदै नेपाली जनजनको मनमा बसिन रचना रिमाल
झापाको चट्पटे पसल देखी नेपाल आइडल हुँदै नेपाली जनजनको मनमा बसिन रचना रिमाल
झापा- झापामा केही समय पहिले चट्पटे दोकानमा एउटा सुरिलो आवाज गुन्जियो। उनी चटपटे बेच्दै , गीत गाउदै गर्दै थिइन जस्को आवाजमा नेपाली गीत संगीतको अग्र स्थानमा पुग्ने सम्भाबना थियो।
जो सम्भाबना बोकेकी कलिली केटी आज नेपालमा मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीको मन मुटुमा बस्न सफल भइन अझ नेपाल आइडलमा प्रबेश सँगै उनलाई नचिन्ने कोही भएनन। उनै जादुमय स्वर भएकी कलिली युबती थिइन आहिलेकी चर्चित गायिका रचना रिमाल।

नेपाल आइडलमा अर्गानिक गायिकाको ट्याग पाएकी रचनाको गायकी पनि अर्गानिक नै छ। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ।

भोजराज थापाले लिएको अन्तर्वाता पछी त उन्को चर्चा एकाएक चुलियो। यो अन्तर्वातामा उनिले मिठा मिठा गीत सुनाएकी थिइन।

अहिले रचना धेरै संगीतकारको रोजाइमा पर्ने गरेकी छिन्। उनको केही समय अघी मात्र प्रविन बेडवाल सँग गाएको राष्ट्रकबी स्वर्गिय माधव घिमिरेको शब्द रहेको ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’भन्ने गीत आहिले निकै चर्चामा छ। उनको गायकिको धेरैले खुलेर प्रसंसा पनि गरेका छन।
नेपालको झापा जिल्लाको एक मध्यम बर्गिय परिवार जन्मिएकी रचना सानै उमेरदेखी नै गीत संगीतमा झुकाव राख्थिन्।
आफ्नै कमाइले घर बनाउने सोच रहेको बताउछिन। उनिलाई हाम्रो सम्पूर्ण टीमको तर्फबाट शुभकामना ! # रचना रिमाल
हेर्नुहोस् उनले गाएका गीतहरु
ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आउन आग्रह
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




