६ पार्टीसँग गठबन्धन गर्दा पनि काँग्रेसलाई एमालेसँग चुनाव हारिएला भन्ने डर छः रविन्द्र मिश्र

काठमाडौं,भदौं ४-

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले देशको दूरगामी हितका लागि कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत् ५/६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै कांग्रेसप्रति टिप्पणी गरेका छन् । माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी टेकिरहेको आरोप लगाएका छन् ।

‘यदी कांग्रेसले ‘बीपी राजमार्ग’नछोडेको र बीपी कोइरालाको यो पुस्तक गाउँगाँउसम्म पुर्‍याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन’, मिश्रले लेखेका छन् । उनले लेखेका छन्, ‘कांग्रेसले जति छिटो मार्ग परिवर्तनु गर्‍यो त्यति छिटो कांग्रेस र देश दुवैको भलो हुनेछ। यो देशको दूरगामी हित हुनेछ। अन्यथा कांग्रेसले कसै न कसैको वैशाखी टेकिरहनु पर्नेछ। र त्यसले देशलाई घाटा गरिरहने छ ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु