संगितकार राजनराज शिवाकोटी र गायिका रेखा ढुंगाना कटवालको ‘घासको माया गाइलाई’ ट्रेन्डिङ्मा
काठमाडौं । गायक तथा चर्चित संगितकार राजनराज शिवाकोटी र गायिका रेखा ढुंगाना कटवालको स्वर रहेको नयाँ नेपाली गीत
घासको माया गाइलाई (मेरो माया मयालु हजुरलाई)’ सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र थापाको शब्द तथा गायक तथा संगीतकार शिवाकोटीको संगीत रहेको छ ।
प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकडिङ गरिएको सो गीतको सम्योजन आमोश तमाङले गरेका हुन भने श्याम श्वेत रसाइलीले मिक्सिङ मस्टरिङ्ग गरेका हुन।
गीतलाई एनाक्षी एंटरटेनमेंटको आधिकारिक यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


गीत सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा परेको छ। रिपोर्टिङ गर्दा सम्ममा ट्रेन्डिङ को ३१औ नम्बरमा रहेको छ। पछील्लो समय निकै चर्चामा
रहेका दुर्गेश थापा र एलिजा गौतममको मुख्य अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।
चर्चित कोरियोग्राफर शिव बि. क. को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । # घासको माया गाइलाई
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
‘ पिएर नशा ’ ले दर्शकको मन जित्दै -रवि ओडको जादुमय आवाज(भिडियोसहित)
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




