डा.माबोको कथासंग्रह डोलीभर्नाको शुक्रबार विमोचन

काठमाडौं । साहित्यकार डा. चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना भोली साउन ४ गते शुक्रबार एक समारोहका बीच लोर्कापण हुने बताईएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा भोली दिउँसो ३ बजे विमोचन हुने सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नेछन् ।

नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबो गत स्थानीय चुनावमा निर्वाचित भई हाल ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षका रुपमा जनसेवामा समर्पित हुनुहुन्छ । पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छन् । सो कथा संग्रहलाई संग्रीला बुक्सले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्