
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
१७ मंसिर,बुटवल । बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो ।
बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा शर्माको घटनास्थलमै ज्यान गएको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]