ओमान स्थित नेपाली राजदुताबासले जारी गर्‍यो कोभिड-१९ बारे सार्वजनिक सुचना

ओमान– ओमान स्थित नेपाली राजदूताबासले कोभिड-१९ बारे सार्वजनिक सुचना जारी गरेको छ। दूताबासको अधिकारिक फेसबूक पेज मार्फत सुचना जारी गर्दै २२ डिसेम्बर २०२० देखी लागू हुने गरी २९ डिसेम्बर २०२० सम्म १ साताको लागि ओमानका सम्पूर्ण हावाइ तथा स्थल मार्गबाट हुने आवागमन बन्द रहेको जानकारी दिएको छ।

दूताबासले भनेको छ-

सार्वजानिक सूचना ।

हाल विश्वमा कोरोनाभाइरसले उत्परिवर्तन गर्दै नयाँ-नयाँ स्वरूप लिएको र केही मुलुकहरूमा उक्त नयाँ स्वरूपको कोरोनाभाइरस फेला परेको यहाँहरूलाई विदितै छ।
यसै सम्बन्धमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) महामारी अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीले विश्वव्यापी रूपमा विकसित पछिल्लो घटनाक्रम र महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न देशहरूले अवलम्बन गरेका रणनीति लगायत यस क्षेत्रमा भाइरसको फैलावटलाई मध्यनजर गर्दै यही मङ्गगलबार 22 डिसेम्बर 2020 देखि लागु हुने गरी 29 डिसेम्बर 2020 सम्म एक साताका लागि ओमानका सम्पूर्ण हवाई/स्थलमार्गबाट हुने आवागमन बन्द गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।उक्त अवधि पश्चात भाइरसको विस्तार/फैलावटको अवस्थाको आधारमा आगामी निर्णय लिइने बताइएकाले तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहनुभएका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्नुहुन समेत सबैमा नेपाली दूतावास हार्दिक अनुरोध गर्दछ।
नेपाली राजदूतावास
मस्कट, ओमन
07 पुस 2077, मङ्गलबार।

 

दूताबासले जारी गरेको सार्वजनिक सुचना

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु