कंचनजंघा हाफ म्याराथनका लागि दर्ता खुल्ला, आकर्षक पुरस्कार

काठमाडौ । आगामी बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सव २०८२ अन्तर्गत आयोजना गरिने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडी(धावक)हरुका लागि दर्ता खुल्ला गरिएको छ ।

कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेष्यका साथ सिरीजंघा गाउँपालिकाद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २०८२ आगामी बैशाख १३ देखि १५ सम्म नयाँ झोरेनीमा आयोजना हुनेछ । महोत्सवको मुख्य आकर्षण मानिएको कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरुले २०८२ बैशाख १३ गते दिउँसो १ बजेभित्र आफ्नो निवेदन सम्पर्क व्यक्तिहरु(कृष्ण गुरुङ, मनोज उप्रेती, चन्द्र माबो र निक्की नेम्वाङ) वा पालिकाको इमेलमा पठाइसक्नुपर्ने बताइएको छ । २०८२ साल बैशाख १५ गते हुने सो म्याराथनका लागि समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित नयाँ झोरनीबाट ४३०० मिटरको उचाइमा रहेको कस्तुरे ओडारसम्मको दूरी कायम गरिएको आयोजकले बताएका छन् ।

कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको विजेताले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सिरीजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले बताउनुभयो ।

म्याराथनका अतिरिक्त सिरीजंघा पर्यटन महोत्सवल २०८२ मा जलवायु परिवर्तनको असरबारे अध्ययन, कंचनजंघा साहसिक पदमार्ग अवलोकन, स्थानीय याक, चौरी प्रवद्र्धन तथा प्रर्दशन र कला, साहित्य तथा संगीत कार्यक्रम समेत आयोजना हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्