एकै खेलमा दुई पेनाल्टी बचाउ, युक्रेनले नर्थ मेसेडोनियालाई हरायो

३ असार काठमाडौं । युरोकप फुटबल अन्तर्गत दुई पेनाल्टी बचाउ भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २-१ ले पराजित गरेको छ । १६ औं संस्करणको युरोकपमा युक्रेनको यो पहिलो जित हो भने पहिलो पटक युरोकप खेलेको नर्थ मेसेडोनियाले दोस्रो खेल हारेको छ

रोमानियाको बुखारेस्टस्थित नेसनल एरेनामा बिहीबार भएको खेलमा दुवै टिमले पेनाल्टी पाएका थिए । तर दुवै टिमका खेलाडी पेनाल्टीमा गोल गर्न चुके ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए । एलिओस्कीले पेनाल्टीमा गोल गर्न नसकेपनि रिबाउण्ड बलमा गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए भने भने ३४ औं मिनेटमा यारेमचुकले गोल गरेपछि युक्रेनले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

त्यसपछि ५७ औं मिनेटमा नर्थ मेसेडोनियाका एलिओस्कीले गोल गरे । सुरुमा उनको पेनाल्टी प्रहार युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर जर्जले पूर्ण रुपमा बचाउन नसकेपछि त्यसकै रिबाउन्डमा उनले गोल गेर ।

यस्तै ८४ औं मिनेटमा युक्रेनले भिएआरको सहयोगमा पेनाल्टी पायो । तर रुस्लान मालिनोभ्सकीले पेनाल्टी प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

पहिलो जितपछि समूह सी मा युक्रेनले २ खेलबाट ३ अंक जोडेको छ । युक्रेन यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

नर्थ म्यासेडोनियाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु