
निषेधाज्ञा उल्लंघन गर्ने ३१४ मानिस तथा २५४ सवारी साधनलाई कारबाही
चितवन। भरतपुर महानगरपालिकाले निषेधाज्ञा उउल्लंघन गर्नेलाइ कडा भन्दा कडा कारबाही गरेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मंगलबार निषेधाज्ञा उल्लंघन गर्ने ३१४ जनालाई होल्ड कारबाही गरेको छ । मंगलबार निषेधाज्ञा उल्लंघनगर्ने दिनभरमा २२४ मोटरसाइकल तथा स्कुटर र २७ अन्य सवारी साधन गरी २५४ सवारी साधनलाई नियन्त्रणमा लिई र ९४ पुरुष र २२० जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।जसबाट ७४ हजार १०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिए । सोही क्रममा मास्कको प्रयोग नगर्ने ३४ जनालाई मास्कसोत वितरण गरिएको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


