मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज-सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुवास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का हरिशङ्कर चौधरी रहेका छन् ।

उनीहरु दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट मृतक बस्नेतकी श्रीमती ममता सापकोटा, उनका आठ वर्षीय छोरा र एक वर्षीया छोरी र एक रोहित चौधरीसहित चार जना घाइते भएका छन् । तीमध्ये तीन जना मोटरसाइकलमा सवार थिए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु