देउवा प्रधानमन्त्री बनेको ५० दिन, मन्त्रिपरिषद् अझै विस्तार भएन

काठमाडौँ,भदौं १६-

सरकार बनेको ५० दिनसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका दलहरूको आन्तरिक व्यवस्थापन मिलाउने नाममा प्रधानमन्त्री देउवाले मुलुकको शासन सञ्चालनका काममै सम्झौता गरिरहेका छन् ।

देउवा सरकारमा कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।

२८ असारमा सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा गठबन्धन सरकारको प्रधानमन्त्रीमा सपथ लिएका देउवाले ५० दिनसम्म पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत भने ३ साउनमै लिएका थिए ।

अब सत्तारुढ गठबन्धनका नेताहरूबीच अब भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित दलहरू भित्रको आन्तरिक व्यवस्थापन पूरा भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु