पाथीभरा केवुलकार विवाद अविलम्व समाधान गर्न पुर्व मन्त्री गुरुङको आग्रह

काठमाडौं । पुर्व मन्त्री तथा तेह्रथुम जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सीता गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भेटी ताप्लेजुङको मुक्कुमलुङ(पाथीभरा) केवलकार निर्माण कम्पनी र आन्दोलनरत दुवै पक्षलाई यथाशीघ्र वार्तामा बोलाएर विवाद अन्त्य गर्न सरकारसमक्ष माग गरेका छन् ।

पुर्व मन्त्री गुरुङले मन्त्री गुप्तासमक्ष मुक्कुमलुङ(पाथीभरा) केवुलकार विवादका कारण सामाजिक परिवेश अत्यन्त दर्दानक बन्दै गएको र दुवै पक्षलाई वार्तामा ल्याएर समझदारीको आधारमा निष्कर्षमा पुग्न ढिलाई गर्न नहुने बताउनुभयो । मन्त्री गुप्ताले नो केवुलकार समुहलाई वार्तामा बोलाउने अन्तीम गृहकार्यमा सरकार रहेको र आज नै आन्दोलनरत पक्षलाई वार्ताका लागि आव्हान गरिने जानकारी दिनुभएको थियो। यसैवीच गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति समेत घोषणा भएको छ ।

प्रतिनिधिमण्डलमा सहभागी लालीगुरास नगरपालिका, तेह्रथुमका मेयर अर्जुनबाबु माबुहाङले पाथीभरा केवुलकार विवादका कारण निजी कम्पनीले राजनीतिक दलका कार्यकर्ताहरुलाई चलाउन थालेको सन्देश गएको बताउनुभयो । उहाँले पाथीभरा क्षेत्रलाई छुने फुङलिङ नगरपालिकाबाहेकका फक्ताङलुङ, सिरीजंघा र पाथीभरा याङवरक गाउँपालिकालाई पुर्णत वेवास्ता गरिएकाले यो परियोजनाको सरकारले सुक्ष्म अध्ययन गरी पुर्नविचार गर्नसमेत माग गर्नुभयो । सो प्रतिनिधिमण्डलमा लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष नितेश सिंगक लिम्बू, नेपाली कांग्रेसका महासमिति सदस्य टेकराज तिगेला, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य ज्ञानेन्द्र इङनामलगायतका मुलतः तेह्रथुम जिल्लाका युवा नेता, कार्यकर्ताहरु सहभागी थिए ।

पछिल्लो समयमा पाथीभरा क्षेत्रका रुपमा प्रसिद्ध बनेको आफ्नो मुन्धुमी थलो मुक्कुमलुङमा निजी क्षेत्रको कम्पनीले जर्वजस्ती केवुलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि याक्थुङ लिम्बू समुदायले त्यसको निरन्तर विरोध गर्दै आएको छ । गत माघ १२ गते सो क्षेत्रमा भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउदा ३ जना गम्भीर घाइते र सुरक्षाकर्मीसहित केही घाइते भएका थिए । गोलीकाण्डपछि केवुलकार खारेजीका लागि आन्दोलनरत पक्षले माघ १५ बाट मेची राजमार्ग र तमोर करीडोर बन्दपश्चात माघ २० र २१ गते पुर्वका ९ वटा जिल्ला बन्दको आव्हान गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्