
प्रधानमन्त्री कपमा लगातार बागमती प्रदेशको दाेस्राे जित
६ माघ, काठमाडौं । बागमती प्रदेशले प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दाेसाे जित हात पारेकाे छ । साेमबार भएकाे खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेकाे बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएकाे थियाे । जसमा ९४ बल खेलेका पृथु बास्कोटाले १० चाैका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै ओपनर आदिल खानले ८६ बल खेल्दै १० चाैका मद्दतमा ६३ रन बनाए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]