
एकिकृत शक्ति नेपाललाई अमेरिका बस्ने नेपालीहरुले गरे समर्थन
काठमाडौं । हालै मात्र निर्वाचन आयोगबाट त्रिशुल चुनाव चिन्ह प्राप्त गरेको एकिकृत शक्ति नेपाललाई अमेरिकामा बसोबास गर्ने राजनीतिक रुपले सचेत नेपालीहरुबाट पनि समर्थन प्राप्त भएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य रहिसकेका नेपाली कांग्रेसका पुराना कार्यकर्ता हाल अमेरिका निवासी मीन बहादुर थापाको नेतृत्वमा आकाश ढकाल, भैरब बहादुर क्षेत्री, मेघनाथ पुडासैनी, मेघराज ढुंगेल, राजेन्द्र खनाल, बिष्णु पौडेल, नबराज पुडासैनी, सित ठकुरी, सरोज थापा, प्रकाश कटुवाल, नारायण थापा र भारत ब. थापाले बैकल्पीक शक्तिका रुपमा उदाउदै गरेको देबप्रकाश त्रिपाठीको अध्यक्षतामा गठित एकिकृत शक्ति नेपाल पार्टीले उठाएका एजेण्डाहरुले मुलुकलाई स्थायी निकास दिने ठहर गर्दै समर्थन गर्ने सामुहिक निर्णय गरेका हुन् ।
मीन बहादुर थापा यसअघि पनि अध्यक्ष त्रिपाठीले संचालन गरेको मातृभूमिका लागि नेपाली अभियानमा अमेरिकाबाट जोडिएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


