महोत्तरीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ ।

मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै स्थानीय मेडिकलमा प्राथमिक उपचार गराई तत्कालै थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु