पर्यटन पुनर्उद्धारको उपाय खोज्न पीपीपी मोडलमा कार्यदल गठन

२३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनर्उद्धारको उपाय खोज्न सार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणा अनुसार एक उच्चस्तरीय कार्यदल गठन भएको छ ।

नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीको संरक्षक र निजी क्षेत्रका ठूला संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ६ जना अध्यक्षहरु संस्थागत संरक्षकका रुपमा राखी कार्यदल गठन भएको हो । कार्यदलमा अग्रज पर्यटन व्यवसायीलाई सल्लाहकारका रुपमा तोकिएको छ ।

टास्कफोर्सले उनीहरुबाट समेत सुझाव लिएर अध्ययन गर्ने भएको छ । टास्कफोर्समा भने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलदेखि नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीसम्म रहेका छन् ।

विज्ञ सल्लाहकारमा होटेल द्वारिकाकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठ, टेम्पल टाइगर ग्रुपका अध्यक्ष बसन्त मिश्र, बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेत, पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ, यति एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पालगायत रहेका छन् ।

सर्भाइभल र रिभाइभलका योजना बनाइने

टास्कफोर्सले पर्यटन, होटेल र नागरिक उड्डयन क्षेत्रलाई तत्कालका लागि टिकाउने र त्यसपछि पुनरुत्थान गर्ने गरी छुट्टाछुट्टै योजना बनाउने जिम्मेवारी पाएको छ । कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनि अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरि सुझाव दिने भएको छ । पर्यटन उद्योगका सबै व्यवसायीका आवाजलाई एकै ठाउँ राखेर सरकारलाई एकिकृत रुपमा रणनीति बनाउन सहयोग गर्ने लक्ष्य अनुसार कार्यदलले काम गर्ने बोर्डले उल्लेख गरेको छ ।

कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्नेबारे समेत अध्ययन गरी सुझाव दिने छ । निरास हुँदै गएका व्यवसायी तथा मजदूरका लागि लयाउन सकिने आर्थिक प्याकेज तथा सहायताको मार्ग पहिल्याउन समेत कार्यदलले काम गर्ने बोर्डले उल्लेख गरेको छ ।

Sagoon Host

कोभिड १९को महामारीले आम नेपालीको हरेक क्षेत्रमा प्रभाव पारेको छ । यसले अर्थतन्त्रका सबैजसो अवयवलाई प्रभावित बनाएको छ । त्यसमा सबैभन्दा बढी प्रभावित पर्यटन बनेको छ । सोहीकारण यस पटक पुनरुद्धार र पुनर्उत्थानका लागि बोर्डको अवधारणा अनुसार सार्वजनिक-निजी-साझेदारी मोडलमा टास्कफोर्स गठन भएको हो ।

गतवर्ष ११ चैत्र पछि नेपालमा पर्यटन, हवाई, र होटेल क्षेत्रको व्यापार शून्यमा छ । यसले पर्यटन क्षेत्रमा आश्रति लाखौं परिवारको विचल्ली भएको बोर्डले उल्लेख गरेको छ ।

हजारौं व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका समेत बोर्डको भनाइ छ ।  यो बीचमा बोर्डले पर्यटन क्षेत्रमा भएको क्षतिको आंकडा तयार गरि सरकार एवं सम्बन्धित निकायहरु सँग सहकार्य तथा समन्वय गर्ने, सर्भाइभलको प्याकेज तयार गरि सरकार समक्ष आग्रह गर्ने, लकडाउनको समयमा नेपालका विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकहरुलाई उद्धार गरि सकुसल आ-आफ्नो देशमा फिर्ता पठाउने कार्य गरेको समेत उल्लेख गरेको छ ।

20% OFF SAGOON

महामारीको बीचमा पनि पर्यटन क्षेत्रलाई सुरक्षाको सबै विधि अपनाई सञ्चालन गर्न बोर्डले सेफ्टी प्रोटोकल बनाई सबै सरकारवालालाई बुझाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु