खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा व्यस्त
लाल बहादुर एसके
पुनर्वास
कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य तथा संघीय खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एबं जनतासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेकी छिन । गृहनगर पुगेकी खानेमन्त्री मन्त्री मगरले शुक्रबारदेखि निर्वाचन क्षेत्रका जनतासंग भेटघाट एवं विभिन्न योजनाको अनुगमन गरिरहेकी हुन् ।
नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे ।
अनुगमनका क्रममा मन्त्री बिना मगरले विद्यालयको जिर्ण भवन अबलोकन गर्दा सारै दुःख लागेको र यस्तो भवनमा पनि पढाई हुने कुरा सुन्दा नरमाइलो लागि रहेको छ । नयाँ भवन निर्माणका लागि नभए पनि जिर्ण भएको भवन मर्मत गर्नका लागि म हर तरबले लाग्ने छु । विद्यालय परिवार यस प्रति ढुक्क हुनुस म जति सक्दो चाडो भवन मर्मतका लागि पहल गर्ने छु ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले विद्यालयको मुख्य भवन अत्यन्त जिर्ण भई बर्षातमा चुहिने भएको र मानवीय क्षति समेत हुने सम्भावना बढेकाले यस समस्यालाई मन्त्री मगरले गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने कुरामा विद्यालय परीवार आशावादी रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थीर प्रसाद घिमिरे, नेकपा नेता रामबहादुर देवकर, पुनर्वास ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सिना, विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेल तथा विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति थियोे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]