
बृहत राष्ट्रिय शिक्षा अभियानका सहसंयोजक मुछिए यौन मामिलामा !
मोरङ, बिराटनगर । विगत केही वर्षदेखि संचालित अभिषेक घिमिरे संयोजक रहेको बृहत राष्ट्रिय शिक्षा अभियानले विवादास्पद गतिविधिहरु गर्दै आएको पाईएकोमा पछिल्लो समय अभियानका सहसंयोजक श्रीमन्त भट्टराई नै गम्भीर यौन मामिलामा मुछिएका छन् ।
सो अभियानको प्रारम्भदेखि नै उनिहरुको योग्यता, क्षमता र नैतिकतामाथि प्रश्नचिन्ह उठ्दै आएको उनीहरुकै व्यक्तिगत फेसबुक आईडी र संस्थाको फेसबुक पेजमा देखिन्छ ।

उनिहरुको अभियान सरकारी शैक्षिक संस्थाहरुमा मात्र केन्द्रित रहने भनिएता पनि अनुगमनको नाममा सरकारी, गैरसरकारी दुवै शिक्षण संस्थाहरुमा जाने, तस्वीर खिच्ने र शैक्षिक संस्थाका प्राचार्यहरुलाई प्रांगणभित्रै गालीगलौज गरेको भिडियो बनाएर आफ्नो व्यक्तिगत र संस्थाको फेसबुक पेजमा अपलोड गर्ने गरेको पाईएको छ ।
उनिहरुको यस्तो हर्कतविरुद्ध सम्वन्धित सरकारी निकायमा आवश्यक कारवाहीका लागि उजुरी परेपछि संयोजक घिमिरे र सहसंयोजक भट्टराई दुबैको स्थायी बसोवास रहेको विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा उनिहरुलाई प्रवेश निषेध गरेको छ ।

उक्त कुरा संयोजक घिमिरेकै व्यक्तिगत फेसबुक पेजबाट पुष्टि हुन्छ । उनिहरु दुबै विराटनगर महानगरपालिका वडा नं. १ का स्थायी वासिन्दा हुन् ।

यस अभियानकै क्रममा संयोजक घिमिरे र सहसंयोजक भट्टराई एक गैरसरकारी शैक्षिक संस्था (गोपनियतालाई ध्यानमा राखी स्थान र संस्थाको नाम नखुलाईको)मा ट्रेनिङ दिन भनी बसेका थिए ।
यसरी बस्ने क्रममा सहसंयोजक भट्टराईले शैक्षिक संस्थाकी एक बिबाहित शिक्षिकालाई अनेक लोभ, प्रलोभनमा फसाई स्कुल प्राङ्गणभित्रै यौन कार्यमा लिप्त रहेको सप्रमाण भेटाईएको छ । पछि यस्तो घृणित हर्कत थाहा पाएर स्थानीय समाज भौतिक कारवाही गर्न जुरमुराएपछि सोही शैक्षिक संस्थाका एक शिक्षकले संयोजक घिमिरेलाई जानकारी गराई विहानै त्यहाबाट भगाएको खुलेको छ ।
संबंधित शिक्षिका स्वयम्ले पछि सहसंयोजक भट्टराईसंगको आफ्नो सम्वन्ध स्वीकार्दै भट्टराईको झुटो प्रलोभनमा आफू फसेको बताएकी छिन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




