राजनीति गर्न कसरी जुटाउने यति ठूलो धनराशी ?

काठमाडौं । चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनका लागि निर्माण गरिएको ५० लाख रुपैयाको “स्टेज” को राम्रै चर्चा भयो । अर्थात राजनीतिक दल चलाउन या अहिलेको व्यवस्थाअन्तर्गत चुनाव लड्न निकै नै महंगो भईसकेको छ । हालैमात्र बैकल्पिक शक्तिका रुपमा आफूलाई प्रस्तुत गरेर उदाएको एकिकृत शक्ति नेपाल पार्टीका कोषाध्यक्ष श्याम पाण्डेलाई यस्तो वर्तमान परिस्थितिमा आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने प्रश्न हामीले सोधेका थियौं । कोषाध्यक्ष पाण्डको जवाफ:

भ्रष्टाचारको जड मुलतः खर्चिलो चुनाव, नेताहरुको हाईफाई जीवनशैली हो । तसर्थ हामी पैसा तिरेर भीड जम्मा गर्ने, मासुभात, पेट्रोल दिएर भोट किन्ने पक्षमा छैनौं । हामीलाई करोडौं नेपाली जनताबाट होस् वा विदेशीबाट केही लिनु आवश्यक छैन । हामी आफ्नो खाना, भाडा आ–आफै तिरेर राजनीति गर्ने संस्कार बसाल्दै छौं । हारजीत ठूलो कुरा होईन तर सुधार अहिलेको महत्वपूर्ण विषय हो । एकिकृत शक्ति नेपालको देशलाई भष्ट्राचारमुक्त, सुशासनयुक्त, गरिबीका रेखा मुनि रहेको जनताहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य, प्रत्येक सुकुम्बासी परिवारलाई योग्यताको आधारमा रोजगार, कृषक, व्यापारीलाई सहज रुपमा कर्जा सुबिधा, करको दायरा घटाई उत्पादनको दायरा बढाउने लक्ष्य छ ।
मालपोत, यातायातजस्ता ठाउँमा भ्रष्टाचार न्युनीकरण गर्न घरमै बसेर जग्गाजमीन, सवारी साधन पास गर्नेजस्ता अत्याधुनिक व्यवस्था हामी चहान्छौं ।
विदेशमा रहने नेपालीको पसीनाको पैसा चुस्न जान्ने सरकारले उनीहरुलाई दोस्रो दर्जाको नागरिक सरह बनाएको छ । हाम्रो पार्टीले यसलाई स्वीर्कादैन । विदेशमा रहेका तिनै नेपालीहरुले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिएको अवस्थामा प्रवासमा रहेका नेपालीहरुका लागि उचित सम्मान र व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । राजनीति हाम्रो चाहना होईन, मुलुकको कायापलट, समृद्धि हाम्रो चाहना हो । सरकारलाई हाम्रो सुझाब छ, जेल होइन, शान्तिसुरक्षा कायम राख्न लगानी गरौं । आफ्नो धर्म, संस्कृति र पहिचान बेचेर शासन नगरौं ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्