
उर्लाबारी आगलागीका घाईतेहरुको उपचारमा जुटे मन्त्री लिम्बु
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले हिजो राती मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–७, बरगाछीमा भएको भीषण आगलागीमा परि घाईते भएका ४ प्रहरीसहित २८ जनाको सरकारी अस्पतालहरुमा निशुल्क उपचारको प्रवन्ध मिलाउनुभएको छ ।

उक्त घटना घटेलगत्तै मन्त्री लिम्बुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि सो प्रवन्ध मिलाउनुभएको हो । घाईतेहरुको उपचारमा सहयोग र समन्वय गर्न आफू चौविसै घण्टा सक्रिय रहने जानकारी दिदै मन्त्री लिम्बुले घाईतेहरुको उपचारमा कुनै समस्या आए जुनसकै समयमा पनि आफूलाई सम्पर्क गर्न सकिने बताउनुभएको छ ।
गए राती उर्लाबारीको बरगाछीस्थित दीपक कार्कीको घरमा संचालित सुनपसलमा आगलागी भएसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए । उनीहरुको अहिले झापाको बि एण्ड सी, लाईफलाईन र मोरङको विराट नर्सिङ होम, रेडप्लसलगायका अस्पतालहरुमा उपचार भईरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


