
बन्दसत्र स्थलमा पुगे ओली, भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी
१२ मंसिर, काठमाडौं । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलविरोधमा नाराबाजी भएको छ ।
विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् ।
त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका छन् ।
उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि नारा लगाएका छन् । पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा लगाएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


