रुपन्देहीको तिलोत्तमामा २ दिनदेखि स्थगित मतगणना सुरु

५ जेठ,बुटवल । रुपन्देहीको तिलोत्तमामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । गणकहरूले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।

एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले बताए ।

तिलोत्तमामा ९९४२ मत गणना गरेर सकिंदा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ३८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका मोहन चापाईंले ३६२१ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा भने एमालेकी जागेश्वरीदेवि चौधरीले ३४४८ मतसहित अग्रता लिएकी छन् । माओवादी केन्द्रका हेमन्त पाण्डेले १७२२ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु