काले केटा -२ ले कोरेको ईतिहास (भिडियो सहित)

काठमाडौं-अर्जुन पोखरेल एकपछि अर्को गरी दर्जनौ हिट गीत दिन सिपालु संगीतकार हुन्। पोखरेलका तिम्रो आँखामा आँशु हेरी, म रोएको पल, सुन्छु तिमीले अचेल, भन्छु आजजस्ता चर्चित गीतका संगीतकार अर्जुनको पछिल्लो गीत ‘नबोली नबोली‘ निकै रुचाइएको गीत मध्यको एक हो।

काले केटा- २

उनै पोखरेलले संगीत गरेको पछील्लो गीत ‘काले केटा-२’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङमा उक्लन सफल यो  गीतको लोकप्रियता बढ्दो क्रममा रहेको छ। अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिन सफल यो गीतले निकै दर्शक श्रोताको मन जितिरहेको छ।

पछील्लो समय एक पछी अर्को राम्रो गीत दिएर चर्चामा आएका गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द तथा सफल तथा चर्चित सङ्गितकार अर्जुन पोखरेल सङ्गित तथा संयोजन रहेको गीत काले केटा-२ चर्चित गीत ‘काले केटा’को सिक्वल हो।

काले केटा- २

पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठजस्ता नाम चलेका कलाकारको जमघटले पनि ‘काले केटा २‘ ले दर्शक पाइरहेको छ।

सङ्गितकार पोखरेलकै श्रीमती गायिका दुर्गा खरेल र प्रताप दासको स्वरमा रहेको यो गीत अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिन सफल भएको थियो। पोखरेलकै शब्द संगीत रहेको अघिल्लो गीत नबोली नबोली ले पनि निकै चर्चा कमाइरहेको छ। यो संगै अर्जुनका २ गीतहरुले ट्रेन्डिङका अग्रस्थान ओगटिरहेका छन।

 

Sagoon Host

चर्चित सेलिब्रेटीलाई फिचरिङ्ग उक्त गीतको भिडियो The Devine Music यूटुब च्यानल बाट शनिबार सार्वजनिक भएको हो। उक्त गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन।

निर्देशक विधान कार्कीको निर्देशन, छायाँकार उत्सब दाहाल छायाँकन तथा बिकाश दाहालको सम्पादन रहेको छ।

 काले केटा- २
गीतकार ध्रुब प्रसाद अम्गाइ

 

20% OFF SAGOON
 काले केटा- २
संगीतकार अर्जुन पोखरेल

 

गीतको भिडियो

 

यो पनि हेर्नुहोस- काले केटा -२ ले गर्‍यो कमाल , यूटुबमा राख्यो रेकर्ड

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु