
सर्वदलीय बैठकका लागि प्रचण्ड-माधव नेपाल पुगे नेपाली कांग्रेस कार्यालय
काठमाडौं, पुस ६ -नेपाली कांग्रेसले डाकेको सर्वदलीय बैठकमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन्।
सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
उनीहरू सोमबार अपरान्ह ४ बजे सानेपा पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ। अब केहीबेरमा बैठक बस्दैछ।
बैठकका लागि जनता समाजवादीलगायत दललाई पनि कांग्रेसले बोलाएको छ।
बैठकका लागि कांग्रेसका शीर्ष नेताहरू पनि कार्यालय उपस्थित भइसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछिको अवस्थाबारे छलफल गरी आवश्यक रणनीति तय गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]