
प्रेस सेन्टर चितवनको अध्यक्षमा सूर्य पाठक, भरतपुर र माडीमा अजिता र अपेक्षा
चितवन, मंसिर ८-
प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समिति र ३ पालिकाको नयाँ नेतृत्व चयन गरेको छ ।
भरतपुरमा मंगलबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा सूर्य पाठक, उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल चयन गरेको छ ।
यस्तै सचिवमा रवि अधिकारी, सह–सचिवमा हिरालाल गुरुङ, नविन मरहट्टा, कोषाध्यक्षमा किशोर सापकोटा,सदस्यहरुमा हरि उप्रेती भुवन, शोभा पुडाशैनी, दुर्गा दाहाल, विवेक पोखरेल र सन्तोष विक चयन हनु भएको हो ।
यस्तै भरतपुर महानगरको अध्यक्षमा अजिता अधिकारी, उपाध्यक्षमा सुरेन कुँवर र सचिवमा अनिल भट्टराई चयन हुनु भएको छ । कोषाध्यक्षमा सुनिल पराजुली, सदस्यहरुमा सुमन सुवेदी, सुचना गुरुङ, आयुष न्यौपाने, अजय गोरखाली, मनिष अधिकारी, प्रमिता भण्डारी र विशाल अम्गाई चयन हुनु भएको हो ।
यस्तै माडी अध्यक्षमा सरिता महतो अपेक्षा, सचिवनमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रविन भण्डारी, प्रिती पोखरेल, बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुवेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, विजय विश्वकर्मा, पुष्पा पौडेल, नारायण दुवे र सुर्यमान शाह चयन हुनु भएको छ ।
यसअघि पर्वी चितवनको रत्ननगर नगरपालिका र राप्तीमा पालिका स्तरीय समिति गठन भईसकेको छ । दुई वर्षे कार्यकाल रहने नयाँ नेतृत्व पहिलो पटक संघिय संरचना अनुसार गठन गरिएको हो । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि बनेका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ईश्वरी भट्टराई रहेका थिए ।

प्रमुख अतिथि भट्टराईले सत्य समाचार उजागर गरेर जनतालाई सुसुचित गर्नुपर्ने बताए । उनले भने, ‘खोजपूर्ण समाचारहरु बाहिर ल्याई समाजभित्र भएका गलत तत्वहरुको पर्दाफास गर्नुपर्छ । पत्रकारहरु निरन्तर सत्य र न्याय तथा आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्नुपर्छ ।’
कार्यक्रममा बागमती प्रदेश सांसद घनश्याम दाहाल ‘अविनाश’ले पत्रकार निडर भएर समाजको ऐना बन्नसक्नुपर्ने बताए । कार्यक्रममा प्रेस संगठन केन्द्रीय कोषाध्यक्ष तथा बरिष्ठ पत्रकार सरेशचन्द्र अधिकारीले श्रमजीवी पत्रकारको पक्षमा सबै पत्रकारहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा माओवाडी केन्द्र चितवनका सचिवालय सदस्य तथा फ्राक्सन ईन्चार्ज राम चन्द्र अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल र प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यलगायतले मन्तव्य दिएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




