स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित पक्राउ

बारा– कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु