वरिष्ठ ढाका उद्यमी योङहाङले गरिन् दुलही ब्युटी एण्ड फेशन स्टुडियोको उद्घाटन

काठमाडौं । वरिष्ठ उद्यमी तथा ढाकाविद् कल्पना योङहाङले काठमाडौं, हात्तीगौडास्थित दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हालै एक समारोहवीच समुद्घाटन गर्नभएको छ ।

फेसन डिजाइनरसमेत रहनुभएकी गोपिमाया थलङले सो व्युटी तथा फेसन स्टेडियो संचालनमा ल्याउनुभएको हो । स्टुडियोको उद्घाटन गर्दै प्रमुख अतिथि योङहाङले समय अनुसारका बिभिन्न डिजाइनका कपडा र पहिरन उपलब्ध गराउनु दुलही ब्युटी एण्ड फेशन स्टुडियोको विशेषता रहेको र व्यापार भनेको समयअनुसार स्वभाविक रुपमा तल माथि हुुने तर त्यसलाई निरन्तरता दिन ठुलो कुरा भएको बताउनुभयो ।

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको शुभारम्भ कार्यक्रममा चलचित्र निर्देशक सागर सुब्बा गायक तथा संगीतकार संगम लिम्बु लगायतले सफल ब्यवासायको लागि शुभकामना दिनुभएको थियो । सो स्टुडियोकी संचालक गोपिमाया थुलुङले ग्राहकको मागअनुसार सबै प्रकारका पहिरनहरु बाइडल,कल्चर,क्याजुल ड्रेस, पार्टी वेयर, ड्रेस उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको र त्यसमा सिजनल पहिरनहरुलाई पनि महत्व दिएको बताउनुभयो ।


तीज, दशैँ, तिहार जस्ता चाड पर्वमा डिजाइनिङ पहिरनले हिजोआज विशेषता बोक्न थालेको छ । सारी, कुर्ता, लेहेँगा, मेख्ली, गाउन जस्ता पाटी वेयरहरु सदावहार मानिए पनि चाडपर्वमा बढी अर्डर आउने सम्भावना रहेको प्रोपाइटर गोपिमाया थुलुङ बताउनुहुन्छ ।
सानै उमेरदेखि नै ब्युटिसियन डिजाइनर गोपिमाया थुलुङको संघर्षका दिन सुरु भएको हो । निरन्तर मिहेनत र संघर्ष गरे सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको उदाहरण बन्नुभएकी गोपिमाया थुलुङ साहित्यमा समेत रुचि राख्छिन् । आफुले जीवनमा गरेको संघर्ष अरुको लागि प्रेरणाको श्रोत बनोस् भनेर एक वर्षभित्रमा आफ्नो जीवनी (बायोग्राफी) पनि आफ्नै लेखनमा प्रकाशन गर्न लागेको बताइन् ।

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको संचालक गोपिमाया थुलुङकी आमाले छोरी सानै देखि पढाइमा अब्बल र चलाख रहेको स्मरण गर्दै भविष्यमा अझ धेरै राम्रो गर्नेमा आफू आशावादी रहेको भनाइ राख्नुभयो । उक्त स्टुडियो उद्घाटन कार्यक्रमको संचालन पत्रकार सुदिप भण्डारीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्