आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ
महोत्तरी-आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै-झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


