गायिका तारा थेवेले ल्याईन् नयाँ गीत “लाहुरबाट”

काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका तारा लिम्बु थेवेले आफ्नै स्वर, शब्द र संगीतमा ‘लाहुरबाट’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

उक्त गीतमा गायिका थेवेलाई ‘भ्वोइस अफ नेपाल’ फेम गायक विकास लिम्बुले गायनमा साथ दिएका छन् । ‘लाहुरबाट’का एरेन्जर उदयराज पौडेल हुन् भने यस गीतमा मिक्सिङ,मास्टरिङ किशोर थापाको रहेको छ । गायिका थेवे आफैले लोकप्रिय हाँस्य कलाकार बुद्धि तामाङसंग ‘अनस्क्रिन’ जोडीका रुपमा अभिनय गरेको सो गीतमा गायक विकास लिम्बु र मोडल मेनुका माझीको समेत अभिनय देख्न सकिन्छ ।
थैली ईन्टरटेनमेण्टको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियो भुपेन्द्र तुम्वाहाम्फेले निर्देशन गरेका हुन् भने भिडियोको छायांकन मज्जाको राई, कोरियोग्राफी राज लावती र सम्पादन अनिल रानाको रहेको छ । मखमली म्यजिक नामक युट्युब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतले हाल दर्शकहरुको मन जितिरहेको छ ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्