
मालपोत कार्यालय सिराहामा बम विस्फोट,६ घाइते
काठमाडौँ — सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।
आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।
गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज भण्डारीले बताए ।
‘आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो,’ एसपी राजभण्डारीले भने,’ उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे हामी छानबिन गर्दैछौं ।’
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]