महाधिवेशन : एमाले कार्यकर्ताले गरे भरतपुरको राजमार्ग क्षेत्रमा सरसफाइ

चितवन, मंसिर ८ –

एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै एमालेका कार्यकर्ताले भरतपुरमा सरसफाइ गरेका छन् ।
भरतपुरको मुख्य राजमार्ग क्षेत्र पर्ने गोन्द्राङ्गदेखि हाकिम चोकसम्म सरसफाइ गरिएको हो ।

पार्टीको झण्डासहित उपस्थित भएका कार्यकर्ताले महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरुलाई सफा सहरको परिचय दिन सरसफाइ गरिएको बताएका छन् ।

सरसफाइ कार्यक्रममा वडा नम्बर ८, ९ र १२ का पार्टी नेता कार्यकर्ताको उपस्थिति थियो । सडक विस्तारका कारण भरतपुर मुख्य राजमार्ग क्षेत्र अस्तव्यस्त छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु