
कैलालीमा ट्रकको ठक्करबाट एकजनाकाे मृत्यु
२९ धनगढि। कैलालिकाे घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकाकाे समय ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


